My Blogger TricksAll Blogger TricksTechtunes

How to Create a free Website on BlogSpot ? सित्तैमा ब्लग/वेवसाईट कसरी बनाउने ?

Filled under:

व्यस्तताको कारण लगभग दुई वर्ष पछि फेरी बल्गलाई निरन्तरता दिने अठोटका साथ हजुरहरु माझ हाजिर भएको छुँ । खु:शि पनि लागेको छ हजुरहरुले मेरो बल्गलाई मायाँ गरीरहनु भएकोमा !!!

अाज म हजुरहरुलाई  मैले जानेको कुरा बल्ग कसरी बनाउने भन्ने बारेमा केहि जानकारी दिन जादैछूँ ।
१. Blogger के हो ?

 हुन त मलाई पनि यसको बारेमा त्यति पूर्ण जानकारी छैन मैले पनि ब्लगरमा केहि बर्ष अगाडी मात्रै  कदम चालेको हुँ तर यती छोटो समयमा मैले ब्लगर बाट जे जती सिंके त्यो मेरो लागी
भरिपूर्ण भएको छ । तपाईले लेख रचना, Music Video, Photo Gallery सम्पूर्ण फाइलहरु यसमा राख्न सक्नुहुन्छ । यसलाई तपाईले गोप्य तरीकाले राख्न सक्नुहुन्छ र Publish  गरी सम्पूर्ण Visitor हरु देश बिदेशमा रहनुभएका साथी संगीनिहरुलाई देखाउन पनि सक्नुहुन्छ । यसले दिने फाइदा हरु धेरै छन् ब्याख्या गरेर यसको अन्त्य कहिल्यै हुँदैन । यसमा Blogger को Domain name लाई हटाएर आफ्नो Domain name  पनि राख्न सकिन्छ । जस्तै मेरो यो बल्ग www.gyankunza.blogspot.com मा blogspot लाइ हटाएर www.gyankunza.com  वा www.gyankunza.com.np पनि बनाउन सक्छाै । यस्ता website हरु अन्य web developer tools हरुको प्रयोग गरी बनाएको भन्दा कम्तिको देखिदैन यसरी बनाएको website हरु हामि धेरै भेटाउछाै । उदाहरणको लागि www.butwalonline.com पनि blogger बाटनै बनाएको website हो । अब म लामो भाषण नगरी हजुरहरुलाई blogger कसरी बनाउने त्यसतर्फ लैजान्छुँ ।

२. बल्ग खोल्न के गर्नु पर्दछ त ?

ब्लग खोल्न र चलाउन कम्प्युटरमा पोख्त हुनु र HTML, JavaScript आदिको बारेमा जानकार हुनु जरुरी छैन । तर कम्प्युटर टाईपीङ र ईण्टरनेटको समान्य ज्ञान भने जरुरी छ यसको लागि कुनै  पैसा तिर्नु पर्दैन तर पैसा तिरेर आफ्नै डोमेनमा पनि ब्लग खोल्न सकिन्छ तर नि:शुल्क पाईने वेब स्पेसमा पनि पैसा तिरेर खोलिएकोमा जस्तै करिव करिव सबै सुबिधाहरु उपलब्ध हुन्छन्। मेरो यो ब्लग पनि नि:शुल्क वा कतै पैसा नतिरी चलाईएको बल्ग हो । यत्ति सम्मको ब्लग चलाउन कसैले पनिकतै पनि पैसा तिर्नु पर्दैन । यसको लागि केबल एउटा ईमेल ठेगाना  आवाश्यक पर्दछ त्यो पनि नि:शुल्क नै बनाउन सकिन्छ । तपाईले आफ्नो हटमेलयाहूमेलजिमेल वा अन्य कुनै पनि बैध ईमेल प्रयोग गर्न सक्नुहुन्छ । नि:शुल्क उपलब्ध वेब स्पेसहरु पनि धेरैथरी छन । त्यस मध्य, blogspot.com मा ब्लग खोल्ने सामान्य तरिका यहाँ उल्लेख गर्दैछु ।
१. सर्वप्रथम www.blogger.com थिच्नुहोस् ।
२. CREATE YOUR BLOG मा Click गर्नुहोस् ।

३. अब देखिने Window मा तपाईको आफ्नो Email Account password लेख्नुहोस् । तपाईसँग Email Account छैन भने Email Account बनाउने तरीका यहाँ Click गरेर हेर्न सक्नुहुनेछ ।


४. Create a limited blogger profile मा click  गर्नुहोस् ।

५. आफ्नो Blogger profile को नाम दिई Continue to Blogger मा Click गर्नुहोस् ।

६. × मा click गर्नुहोस् ।

७. CREATE NEW BLOG मा Click गर्नुहोस् ।
८. Blog को Title दिनुहोस् र Blogger को Address मा सुहाउदो  blog को ठेगाना राख्नुहोस्। जसमा ठेगाना छुट्टै हुनुपर्नेछ This blog address is not available आएमा पु:न नयाँ ठेगाना राख्नुहोस् र हेर्नुहोस् अब This blog is available देखिएपछि Create blogs मा click गर्नुहोस् ।

९. तपाईको blog तयार भयो ।

0 यो पोष्टको वारेमा तपाईको सुझाव:

Post a Comment