My Blogger TricksAll Blogger TricksTechtunes
Filled under:


नमस्ते !!!
       
मैले आफ्नो बारे भनिहाल्नुपर्ने नाम त बनाउन सकेको छैन तर पनि मेरो बारे भन्ने लिङ्क राखिसकेपछि केहि कुराहरु लेख्नै पर्ने भएकोले केहि लेखेको छु।

मङ्सिर ३ गते विहान ४ बजेतिर जन्मेको मान्छे हिन्दु संस्कृति अनुसार जन्मेको एघार दिनमा न्वारन गर्ने चलन रहेकोले बावा ममिले पुज्दै आउनुभएको पुरेत बाजेले हेराउदा मो बाट उठेकोले मोहन राखिदिनुभएको रे । बाहुन जातिमा जन्मेकोले नामको पछाडि प्रसाद थपिदिनु भएको रहेछ तर खै किन हो ५/६ कक्षा तिर पढ्न थालेपछि प्रसाद मन परेन र नामको बिचमा प्रसाद राख्न छाडिदिएँ । सानै देखि सहयोगि भावना भएको मान्छे म साधारण परिवारमा जन्मेको साधारण मान्छे हुँ । र काम पनि साधारण नै गर्ने गर्छु । 

अध्ययनको बारेमा भन्नुपर्दा लामागुरु माध्यमिक विद्यालयमा कक्षा ५ उत्तिर्ण गरेपछि बसाई‌को सिलसीलामा धादिङ वेँसीदेखि १ किलोमिटर भित्र पर्ने अधिकारी डाँडामा आइपुगेँ त्यसपछि धादिङ वेँसीको निलकण्ठ उच्च माध्यमिक विद्यालयबाट एस् एल् सी पास गरेँ । र  नीलकण्ठ बहुमुखी क्याम्पसमा वि. एड. तेस्रो वर्षमा गणित विषय लिएर अध्ययन गरीरहेको छु। काम खासै नभएकोले फुर्षदको समयमा कम्प्युटर तथा इन्टरनेटमा एकदमै रमाउने गर्छु । यसो भन्दैमा फेरी फेसबुकमा धेरै अलमल गर्ने चाहीँ गरेको छैन, इन्टरनेटमा केहि लेखहरु, साहित्य पढ्ने गर्छु । बढी फुर्षद भएमा लेख्ने पनि गर्छु ।

मैले IT क्षेत्रमा कुनै अाैपचारीक शिक्षा हासिल गरेको त छैन तर पनि साथीभाइ तथा परिवारका अन्य सदस्य भन्दा अलि बढी चासो राख्ने हुदा केहि कुराहरु सोध्ने  गर्दा खुषि लाग्ने गर्छ।

तपाईहरु पनि पनि म सँग साथी बन्न तथा केहि कुराहरु सोध्न चाहनुहुन्छ भने तलको कमेन्ट बक्स सधै खुला रहन्छ यदि कमेन्ट बक्समा कमेन्ट गर्न झन्झट लाग्छ भने मेरो फेसबुक अाई.डि. mohan.pyakurel11 मेरो twitter ठेगाना mppyakurel साथै मेरो जिमेल आइडि [email protected] मा पनि इमेल गर्न सक्नु हुनेछ । म सँग सिधै फेसबुकमा साथी बनि च्याट मार्फत म्यसेज गर्नुभयो भनेपनी छिटोभन्दा छिटो हजुरहरुको प्रश्ननहरुको समाधान गर्ने प्रयास गर्ने छुँ। आशा छ हजुरहरुले मेरो यो बल्गलाई मन पराई दिनुहुने छ ।

अन्तमा मेरो यो लेख पढिदिनु भएकोमा पनि हजुरहरुलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु । हजुरहरुको इच्छा चाहना अनुसारका लेखहरु लेख्दै जानेछु हजुरहरु मेरो ब्लग हेर्न भने नबिर्सनु होला है ।
                                                                                                                                      २०७०-६-२०

0 यो पोष्टको वारेमा तपाईको सुझाव:

Post a Comment