My Blogger TricksAll Blogger TricksTechtunes

के तपाइँले वेबसाइट बनाउने सोंच बनाउनु भएको छ ? यी कुराहरुमा ध्यान दिनुहोस् ।

Filled under:


केहि दिनको अफिस छुट्टिमा एउटा अनलाइन पत्रीका तथा विद्यालयको वेबसाईट बनाउने काममा व्यस्त भइयो त्यस समयमा मैले उहाँहरुलाई पर्न गएको समस्याको बारेमा केहि बुझ्ने मौका पनि पाएँ । उहाँहरुले आफ्नो अफिसको वेबसाईट बनाउने क्रममा राम्रो ज्ञान नभएर धेरै समस्याहरु झेल्नुभएको रहेछ । तपाईहरुले पनि उहाँहरुले जस्तै दु:ख भोग्न नपरोस् भन्ने चाहनाले यो पोष्ट लेख्ने जमर्को गरेको छुँ ।  यो लेखमा  तपाईहरुले बेवसाईट के हो? वेवसाईट बनाउदा यसको मूल्य किन फरक हुन्छ ? पैसा तिर्नुपर्ने वेवसाईट र तिर्नु नपर्ने वेबसाइट मा के फरक छ? वेब डिजाइन के हो? डोमेन नेम के हो? वेब होस्टिङ के हो? जस्ता सम्पुर्ण विषयको बारेमा जानकारी पाउनुहुनेछ ।

बेवसाईट  के हो ?
तपाईंलाई पक्कै पनि थाहा छ आज सुचना र प्रविधिको यो युगमा अधिकांश मानिसहरु इन्टरनेटको प्रयोग गर्छन्। कुनै पनि वस्तु या सेवा र त्यसको विश्वासनीयताको बारेमा सर्वप्रथम इन्टरनेट मार्फत जानकारी लिन्छन् । यदि तपाईंको संस्था व्यवसायको आफ्नै अनलाइन उपस्थिति, आफ्नै डोमेन र वेब साइट छैन भने तपाइंले ठुलो हिस्सामा इन्टरनेट प्रयोग गर्ने जनसंख्या सम्म आफ्नो पहुँच गुमाइरहनु भएको हुनसक्छ । 
वेबसाइट तपाईंको डिजिटल भिजिटिंग कार्ड या प्रचार सामाग्री हो जसले संसारको जुनसुकै कुनाबाट हरेक पल तपाइको जानकारी उपलब्ध गराइरहेको हुन्छ जुन तपाइको कार्यालयमा रहेका कर्मचारीहरुले २४ सै घण्टा खटेर कामगरे भन्दा धेरै हो । कुनैपनि संस्था व्यवसायको सफलताको आधार विज्ञापन, नाफा या प्रचारभन्दा पनि धेरै विश्वसनीयता हो । यसर्थ तपाईले आफ्ना ग्राहक, शुभचिन्तक, दाता या पब्लिकलाई कार्यालयको ठेगानामा भिजिट गर्ने भन्दा पहिले इन्टरनेटको ठेगानामा भिजिट गर्ने बनाउनुस । फेसबुक या सामाजिक संजालमा खोजिने हैन, इन्टरनेटको ब्राउजरमा आफ्नै डोमेनमा भेटिने बनाउनुस् ।

किन कुनै कम्पनि वा व्यक्ति अनुसार Website बनाउदा रकम फरक पर्छ ?
सर्वप्रथम त वेबसाईट डिजाइन गर्नुपर्ने हुन्छ  यसमा  वेब डिजाइनरले धेरै मेहनतका साथ सिकेका हुन्छन् उनिहरुले आफ्नो परिश्रमलाइ हेरेर रकम लिने गर्छन् । त्यसपछि हामिले डोमेन दर्ता गराउनुपर्ने हुन्छ, डोमेन दर्ता गराउन शुल्क तिर्नु पर्ने हुन्छ तर कति कम्पनीले निशुल्क पनि उपलब्ध गराउने गर्छन। जस्तै मैले mohanpyakurel.com, mohanpyakurel.org राखेभने पैसा तिर्नु पर्ने हुन्छ तर mohanpyakurel.com.np राखे भने पैसा तिर्नु पर्दैन किनभने यो नेपाल सरकारले सित्तैमा प्रदान गरेको सेवा हो । त्यसपछि हामिले त्यस डोमेनलाइ चलाउन होस्ट गर्नुपर्ने हुन्छ । होस्टिङ बेच्ने धेरै कम्पनिहरु छन् तपाईले आफ्नो आवश्यकता अनुसार छानि छानि होस्टिङ किन्न सक्नुहुनेछ । यसको रकम भने होस्टिङ प्रदान गर्ने कम्पनि अनुसार फरक-फरक रहन्छ ।  यसरी यति स्पेस भनेर किनिने होस्टिङ लिमिटेड होस्टिङ स्पेस हो वा भनै जति वर्षको लागि भनेर सम्झौता गरेको हो त्यति वर्षको लागिमात्र प्रयोग गर्न सक्छै ।  तर सित्तैमा अनलिमिटेड होस्टिङ दिने कम्पनिहरु पनि छन् ।

वर्ष-वर्षमा पैसा तिर्नुपर्ने वेबसाइट र कहिलै पैसा तिर्नु नपर्ने वेबसाइटमा के फरक छ ?
वेबसाईट बनाउन सबैभन्दा पहिले हामिले डोमेन दर्ता गराउनुपर्ने हुन्छ, डोमेन दर्ता गराउन शुल्क तिर्नु पर्ने हुन्छ तर कति कम्पनीले निशुल्क पनि उपलब्ध गराउने गर्छन। जस्तै मैले mohanpyakurel.com, mohanpyakurel.org राखेभने निश्चित समय पछि पैसा तिर्नु पर्ने हुन्छ तर mohanpyakurel.com.np राखे भने पैसा तिर्नु पर्दैन किनभने यो नेपाल सरकारले सित्तैमा प्रदान गरेको सेवा हो। त्यसपछि हामिले त्यस डोमेनलाइ चलाउन होस्ट गर्नुपर्ने हुन्छ । सित्तैमा पाइने होस्टिङमा चाहे जस्तो डिजाइन गर्न सकिदैन उनिहरुले तोकेको निश्चित परिधिमा बाधिनुपर्ने हुन्छ । यति एमबि/ जिबि कन्टेट राख्न पाउने, ब्यान्डविथ यति जस्ता कुराले तपाइलाइ खुलेर त्यसको प्रयोग गर्न दिदैन । ब्याकअप राख्न पाइदैन तथा  स्पाम हुन सक्ने डर हुन्छ ।  तर निश्चित समयको लागि पैसा तिरेर प्रयोग गरिने होस्टिङ मा होस्टिङ कम्पनि तथा हामिले लिएको होस्टिङ स्पेस अनुसारका विभिन्न विशेषताहरु पाइन्छ ।

वेबसाईट डिजाइन के हो ?
राम्रो वेबसाइट देख्दा तपाईंलाई लाग्दो हो, क्या दामी रै' छ। आकर्षक डिजाइन, चिटिक्क पारेर सजाइएका कन्टेन्ट, सुहाउँदो रंग देख्दा यस्तो लाग्नु स्वाभाविक हो। कतिलाई लाग्दो हो, मेरो पनि यस्तै वेबसाइट भैदिए हुन्थ्यो । हो यसरी हामिले वेबसाईटमा देखाउनु पर्ने विभिन्न सामाग्रिहरु लाइ आकर्षक रुपमा व्यवस्थापन गर्ने कार्यलाई वेब डिजाइन भनिन्छ । वेब डिजाइन गर्ने धेरै टुल र एप्लिकेशनहरु हुन्छन् यो मध्य मैले चाँहि Frontend मा  HTML/XHTML, CSS, Photoshop, MySQL, Javascript, Bootstrap र Backend मा Python  को प्रयोग गरि डिजाइन गर्ने गरेको छुँ ।

डोमेन नेम के हो ?
सामान्य रुपमा बुझ्ने हो भने डोमेन भनेको कुनै पनि वेबसाइट/ब्लग को नाम वा ठेगाना हो, जसले वेवसाईट/ब्लग लाई सजिलै खोज्न सहयोग गर्छ । जस्तै:- www.mohanpyakurel.com.np, www.onlinekhabar.com, www.mssdhading.edu.np , www.soce.gov.np,  www.hamrokhabar.com  आदि । डोमेनले तपाईकाे Host Server (जसमा तपाईकाे वेबसाइट/ब्लग Store हुन्छ ) काे IP Address लार्इ Point गर्छ र तपार्इले कुनै Browser बाट डाेमेन राख्नु भयाे उक्त डाेमेन IP Address मा परिर्वतन हुन्छ र तपार्इकाे Host Server बाट तपार्इकाे वेबसाइट/ब्लग खुल्ने गर्छ ।
 एउटै नामका धेरै डोमेनहरु पनि हुन सक्छन्। जस्तै:- www.mohanpyakurel.com, www.mohanpyakurel.com.np, www.mohanpyakurel.info, www.mohanpyakurel.net आदि। यस्ता सयौँ डोमेनहरु एउटै नाम mohanpyakurel बाट बन्न सक्छन्, किनभने एउटै नाममा बेग्लै टिएलडी (नामको पछाडिको डट वा थोप्लो पछाडि आउँने शब्दहरु जस्तै कम, नेट, ओआरजी आदिलाई टप लेभल डोमेन वा टिएलडि भनिन्छ ) थपिएर अर्कै डोमेन बन्छ । त्यसैले mohanpyakurel  मात्र डोमेन होइन। अझ प्रस्ट रुपमा भन्नु पर्दा http:// www.mohanpyakurel.com.np  मा http://-  Prefix , www- Sub Domain ,  mohanpyakurel-  Name Or Url , .com- Top Level Domain Extension, .np-  Country code Top Level Domain Extension  हो ।
डाेमेनका प्रकार :-
TLD - Top Level Domain
  • .Com (commercial)
  • .Net (Network)
  • .org (organization)
  • .gov (government)
  • .edu (educational) अादि Top Level Domain हुन् ।
CcTLD - Country code Top Level Domain
  • .Com.np (commercial)
  • .Net.np (Network)
  • .org.np (organization)
  • .gov.np (government)
  • .edu.np – (educational) etc. अादि Country code Top Level Domain हुन् । फरक फरक देशमा CcTLD फरक फरक हुन्छ । जस्तै :- .np(Nepal), .in(India), .Au(Australia), .Us(United state america) अादि ।
      (नेपालमा CcTLD डाेमेन मर्कन्टार्इल कम्न्युकेशन प्रा.लि.ले निशुल्क उपलब्ध गराउँछ । )

Sub Domain Name

        Sub Domain
तपार्इकै Top Level Domain काे Part हाे । Top Level Domain लार्इ Divide गरेर Sub Domain बनाउन सकिन्छ । जस्तै :- mohanpyakurel.com.np मेराे Top Level Domain हाे, मैले यसलार्इ Divide गरेर blog.mohanpyakurel.com.np, travel.mohanpyakurel.com.np अादि Sub Domain बनाउन सक्छु । यसकाे लागि शुल्क तिर्न अावश्यक छैन ।

वेब होस्टिङ के हो ?
हाम्रो कम्प्युटरमा बिभिन्न फाइल, गित, भिडियो जस्ता कुराहरु हार्डडिक्समा राखेजस्तै  ईन्टरनेटमा पनि विभिन्न सामाग्रिहरु राख्नको लागि होस्टिङ गर्नुपर्ने हुन्छ । सामान्य अर्थमा भन्ने हो भने होस्टिङ भनेको इन्टरनेटको ढुकुटी हो । अनलाईन लेख्दा, फोटो पोष्ट गर्दा भिडियो राख्दा ती सब कहा बस्छन् ? भन्ने खुल्दुली तपाईहरुलाइ लाग्न सक्छ । यी सब कुराहरु राख्नका लागि इन्टरनेटमा किनिने ठाउ वा स्पेस नै वेब होस्टिङ सेवा हो । यसलाइ हामि सजिलो भाषामा होस्ट गर्ने वा होस्टिङ भन्दछौ । होस्टिङ बेच्ने धेरै कम्पनिहरु छन् तपाईले आफ्नो आवश्यकताअनुसार छानि छानि होस्टिङ किन्न सक्नुहुनेछ । होस्टिङ एमबि, जिबि, टिबि आदिमा नापिन्छ ।  यसको रकम भने होस्टिङ प्रदान गर्ने कम्पनि अनुसार फरक-फरक रहन्छ ।  यसरी यति स्पेस भनेर किनिने होस्टिङ लिमिटेड होस्टिङ स्पेस हो वा भनै कति समयको लागि भनेर सम्झैता गरेको हो त्यति समय लागिमात्र प्रयोग गर्न सक्छौ ।  तर सित्तैमा अनलिमिटेड होस्टिङ दिने कम्पनिहरु पनि छन् । वर्डप्रेस र ब्लगस्पटले सामान्य वेबसाइट/ब्लग चलाउनका लागि सित्तैमा होस्टिङ प्रदान गर्ने गर्छ तर तपाइले यीनीहरुबाट वेबसाइट/ब्लग चलाउँदा चाहेजस्तो डिजाइन गर्न अलि गार्हो हुनुकासाथै उनिहरुले तोकेको निश्चित परिधिमा भने बाधिनुपर्ने हुन्छ । यति एमबि/जिबि कन्टेट राख्न पाउने, ब्यान्डविथ यति जस्ता कुराले तपाइलाइ खुलेर त्यसको प्रयोग गर्न भने दिदैन

0 यो पोष्टको वारेमा तपाईको सुझाव:

Post a Comment