My Blogger TricksAll Blogger TricksTechtunes

फेसबुकको Notifications आफ्नो इमेलमा नआउने कसरी बनाउने ? How to Disable Email Notifications From Facebook?

जति Notification हरु हामीले फेसबुक खोल्दा देख्छौँ , ति सबै नोटिफिकेशनहरु इमेलको रुपमा आईदिदाँ आफ्नो इमेल एकाउन्टको Inbox फेसबुककै इमेलहरुले भरियो भने अन्य प्रयोजनका लागि उक्त ईमेल आइडिलाई प्रयोग गर्न धेरै गाह्रो हुने गर्दछ ।

यदि तपाई पनि यसरी फेसबुक एकाउन्टबाट नोटिफिकेशनको रुपमा आफ्नो इमेल एकाउन्टको Inbox मा आउने इमेलहरुलाई कम गर्ने वा आउँदै नआउने बनाउन चाहनुहुन्छ भने तलको प्रक्रिया अपनाउनुहोस् ।

स्टेप १
........................................................................................................................................................................................................
आफ्नो फेसबुक एकाउन्टमा Log In गर्नुहोस् । (यदि मोवाईलबाट चलाउनुभएको छ भने तलको प्रक्रिया अपनाउनुहोस्)


क) सबैभन्दा पहिला तपाई आफ्नो मोबाईलको वेब ब्राउजरमा गई फेसबुक खोल्नुहोस् र आफ्नो     एकाउन्टमा log In गर्नुहोस् ।
ख) Log In गरीसकेपछि ब्राउजरको Address Bar मा www.facebook.com/home.php टाईप 
    गरेर ok गर्नुहोस्,

अब यस पछाडी तपाईको फेसबुक  मोबाईलमा पनि  कम्प्युटरकै जसरी खुल्नेछ ।

स्टेप २ 
........................................................................................................................................................................................................
पेजको माथि दायाँपट्टि रहेको एकाउन्ट मेनु मा क्लिक गर्नुहोस् र Settings अप्सन छान्नुहोस् (तलको चित्रमा जसरीनै गर्नुहोस् ) । 




स्टेप ३

........................................................................................................................................................................................................
Notifications मा क्लिक गर्नुहोस् । 




Step 

........................................................................................................................................................................................................
अब खुल्ने पेजमा तपाईले On facebook, Email, Desktop and Mobile, Text message जस्ता
अप्सनहरु देख्नुहुनेछ ।






Step

........................................................................................................................................................................................................
हरेक अप्सनको छेउमा रहेको Edit बटन मा क्लिक गर्नुहोस ।


 Step ६
........................................................................................................................................................................................................
 देखिने सबै अप्सनहरुसगैँ रहेको बक्समा On देख्नु हुनेछ त्यसलाई off  गर्नुहोस् ।


यति गरेपछि तपाईले फेसबुकबाट कुनै पनि इमेल पाउनुहुनेछैन । तपाईलाई आवश्यक र महत्वपूर्ण लागेका नोटिफिकेशन पाउन चाहानुहुन्छ भने सम्बन्धित अप्सनलाई On गर्नुहोस् ।


0 यो पोष्टको वारेमा तपाईको सुझाव:

Post a Comment