फेसबुकको Notifications आफ्नो इमेलमा नआउने कसरी बनाउने ? How to Disable Email Notifications From Facebook?
जति Notification
हरु हामीले फेसबुक खोल्दा
देख्छौँ , ति सबै नोटिफिकेशनहरु इमेलको
रुपमा आईदिदाँ आफ्नो इमेल एकाउन्टको Inbox फेसबुककै इमेलहरुले भरियो भने अन्य प्रयोजनका लागि उक्त ईमेल आइडिलाई
प्रयोग गर्न धेरै गाह्रो हुने गर्दछ ।
यदि तपाई पनि यसरी फेसबुक
एकाउन्टबाट नोटिफिकेशनको रुपमा आफ्नो इमेल एकाउन्टको Inbox मा आउने इमेलहरुलाई कम गर्ने वा आउँदै नआउने बनाउन चाहनुहुन्छ
भने तलको प्रक्रिया अपनाउनुहोस् ।
स्टेप १
........................................................................................................................................................................................................
आफ्नो फेसबुक एकाउन्टमा Log In गर्नुहोस् । (यदि मोवाईलबाट चलाउनुभएको छ भने तलको
प्रक्रिया अपनाउनुहोस्)
क) सबैभन्दा
पहिला तपाई आफ्नो मोबाईलको वेब ब्राउजरमा गई फेसबुक खोल्नुहोस् र आफ्नो एकाउन्टमा log In गर्नुहोस्
।
अब यस पछाडी तपाईको फेसबुक
मोबाईलमा पनि कम्प्युटरकै जसरी खुल्नेछ ।
स्टेप २
........................................................................................................................................................................................................
पेजको माथि दायाँपट्टि रहेको
एकाउन्ट मेनु मा क्लिक गर्नुहोस् र Settings अप्सन छान्नुहोस् (तलको चित्रमा जसरीनै गर्नुहोस् ) ।
स्टेप ३
........................................................................................................................................................................................................
Notifications मा क्लिक गर्नुहोस् ।
Step ४
........................................................................................................................................................................................................
अब खुल्ने पेजमा तपाईले On facebook,
Email, Desktop and Mobile, Text message जस्ता
अप्सनहरु
देख्नुहुनेछ ।
Step ५
........................................................................................................................................................................................................
हरेक अप्सनको छेउमा रहेको Edit बटन मा क्लिक गर्नुहोस ।
Step ६
........................................................................................................................................................................................................
देखिने सबै अप्सनहरुसगैँ रहेको बक्समा On देख्नु हुनेछ त्यसलाई off गर्नुहोस् ।
यति गरेपछि तपाईले फेसबुकबाट कुनै पनि
इमेल पाउनुहुनेछैन । तपाईलाई आवश्यक र महत्वपूर्ण लागेका नोटिफिकेशन पाउन
चाहानुहुन्छ भने सम्बन्धित अप्सनलाई On गर्नुहोस् ।
Subscribe to:
Post Comments (Atom)
0 यो पोष्टको वारेमा तपाईको सुझाव:
Post a Comment