My Blogger TricksAll Blogger TricksTechtunes

महत्वपूर्ण फाइलहरु कसरी सुरक्षित राख्ने ?? How To Save Important File ??



हिजो भर्खरै एकजना दाइको फोन आयो उहाँले विशेष कारणले कम्प्युटरको हार्डडिक्स फर्म्याट गर्नुभएको रहेछ त्यसो गर्दा त्यसमा भएको महत्वपूर्ण फाइल डिलिट हुन पुगेछ त्यसपछि मैले डिलिट भएको फाइललाई पु:न प्राप्त गर्ने उपाएहरु बताइदिए त्यसको केहि घण्टामै मलाइ धन्यवाद दिनुभयो उहाँले मैले बताइदिएको सफ्टवेयरको प्रयोग गरेर केहि फाइलहरु प्राप्त गर्नुभएछ । यसको बारेमा मैले यो पोष्टमा लेखिसकेको छुँ । यसरी डिलिट वा फर्म्याट भएको फाइल त पाउन सकिन्छ तर हार्डडिक्स नै रिकोभर नहुने वा काम नलाग्ने भएर फाल्नुपर्ने भयो भने त्यसमा भएको महत्वपुर्ण फाइलहरु सधैकोलागि हराउन सक्छ त्यसैले त्यसको समाधानको निमित्त हामि ईन्टरनेट हार्ड ड्राइभ प्रयोग गर्न सक्छाै। त्यति मात्र नभइ हजुरहरुले यसको प्रयोग गर्नुभयो भने धेरैजसो अवस्थामा हार्ड ड्राईभ वा पेन ड्राइभ बोकेर हिड्ने झन्झट गर्नु पर्दैन् । इन्टरनेट जोडिएका कम्प्युटर मात्र होइन मोबाइल फोनबाटै चाहेको बेला सामग्री पठाउन, एडिट गर्न, डाउनलोड गर्न र अपलोड गर्न समेत सक्नुहुन्छ । अझ हजुरहरुले मोवाइलमा एप्स राख्नुभयो भने त झनै सजिलो हुन्छ । त्यस्ता ईन्टरनेट हार्ड ड्राइभ हामि धेरै पाउन सक्छाै आज तपाईहरुलाइ मैले अगाडि देखि प्रयोग गर्दै आएको १५ जि.बी. सम्म स्टोर गर्न मिल्ने अनलाइन हार्ड ड्राइभ गुगल ड्राइभको बारेमा जानकारी दिदै छुँ ।


१‍. सर्वप्रथम  www.drive.google.com मा जानुहोस् वा यहाँ Click गर्नुहोस् ।
२‍.  अब तलको चित्रमा जस्तै जिमेल id र password राख्ने Dialog box देखिन्छ । त्यसमा Gmail Id र password राख्नुहोस्    र Next मा Click गर्नुहोस् । यदि तपाई सँग  Gmail Id छैन भने यहाँ Click गरी हेर्न सक्नुहुनेछ ।



३.  फोल्डर बनाउनको लागि New मा Click गर्नुहोस् त्यसपछि Folder देख्नुहुनेछ त्यहाँ Click गर्नुहोस् ।(यदि तपाई Folder नै नबनाई सिधै फोल्डर अपलोड गर्न चाहनु हुन्छ भने Folder upload option पनि छान्न सक्नुहुनेछ।)
४.  अब फोल्डरको नाम लेख्नुहोस् र Create मा Click गर्नुहोस् ।
५. अब Picture फोल्डर देख्नुहुनेछ । त्यसलाइ Double click गरी Open गर्नुहोस् ।
६‍. अब New मा Click गरि  File Upload मा थिच्नुहोस् ।
७. अब कम्प्युटरको Dialog box देखिने छ त्यसमा अाफुले upload गर्ने फाइललाई छान्नुहोस् र Open मा Click गर्नुहोस् । अब केहि समयमै Google Drive मा फइलहरु अपलोड हुनेछ ।

तल अन्य यस्ता इन्टरनेट हार्ड ड्राइभको बारेमा थप जानकारी दिएको छुँ कुनै न कुनै समयमा हजुरहरुलाई यो पनि उयोगि हुन सक्छ।


अनलाईन हार्ड ड्राइभ
स्टोरेज क्षामता
५० जि.बी.
२ जि.बी. सामसुङका मोबाइलहरुमा १०० जि.बी.
५ जि.बी.
१० जि.बी. रिफरलवाट कसैले साईन इन गरेमा स्टोरेज बढ्दै गएर ५० जि.बीसम्म पुग्छ
१० जि.बी.  रिफरलवाट कसैले साईन इन गरेमा स्टोरेज बढ्दै गएर २० जि.बीसम्म पुग्छ

0 यो पोष्टको वारेमा तपाईको सुझाव:

Post a Comment