तपाईंको महत्वपूर्ण फाइल वा फोल्डर गल्तीले डिलिट भएको अथवा कुनै समस्याको
कारण आफ्नो कम्प्युटर फरम्याट गर्नु परेको वा कुनै न कुनै कारण यस्तै कुनै
महत्वपूर्ण फाइल वा फोल्डर गुमाउनु परेको त छैन त्यो डिलिट भई सकेको फाइल फेरी
पाउन सकिन्छ । त्यसको लागि "Data Recovery" सफ्टवेयर प्रयोग
गर्नु पर्ने हुन्छ । फ्री मा डाउनलोड गर्न मिल्ने यो सफ्टवेयर तपाईंलाई त्यस्तो
अप्ठ्यारो अवस्थामा लाभदायक सिद्द हुन सक्छ । यहाँ मैले उक्त सफ्टवेयर कसरी प्रयोग गर्ने भन्ने बारे
चित्र सहित जानकारी दिएको छुँ ।
२. डाउनलोड गरेको सफ्टवेयर कहाँ गएर बसेको छ खोज्नुहोस् प्राय: Download file हरु user>> Download >> Compressed मा बसेको हुन्छ ।
३. उक्त सफ्टवेयर लाई Right click गरी Open मा Click गर्नुहोस् वा Double Click गर्नुहोस् ।
४. तलको चित्रमा जस्तै Next मा Click गर्नुहोस् ।
५. Next मा Click गर्नुहोस् ।
६. Install मा Click गर्नुहोस् ।
७. Next मा Click गर्नुहोस् ।
८. Finish मा Click गर्नुहोस् ।
तपाईको कम्प्युटरमा यो सफ्टवेयर Install भयो ।
सफ्टवेयर प्रयोग गर्ने तरिका
१. सफ्टवेयर Icon Desktop मा देखिने छ । यसलाई Double Click गर्नुहोस् र Next मा Click गर्नुहोस् ।
२. तपाईंलाईको के फाइल recover गर्नु पर्ने हो जस्तै :Pictures,Music,Documents,Video
वा अरु त्यो छान्नुहोस् र Tick लगाउनुहोस् अनी Next मा क्लिक गर्नुहोस् । मैले यहाँ Video लाई छानेको छुँ ।
३. अब तपाईंको उक्त फाइल
कुन location मा थियो तपाईंलाई याद छ भने त्यसको location म tick लगाउनुहोस् वा browse गरेर location दिनुहोस् , तर तपाईंलाई याद छैन भने I'm Not Sure मा tick लगाइदिनुहोस् र next मा क्लिक गर्नुहोस् ।
४. Enable Deep Scan मा tick लगाइ Start बटनमा क्लिक
गर्नुहोस् ।
५. एकछिन पछि त्यहा डिलिट
गरी सकिएका फाइलहरु देखिन्छन । अब तपाईंको त्यो महत्वपूर्ण (Recover) गर्नु पर्ने फाइल कुन हो त्यो फाइलमा tick लगाउनुहोस् र Recover बटनमा क्लिक गर्नुहोस् ।
६. अब फाइललाई कहाँ save गर्ने हो Location दिनुहोस् र ओके गर्नुहोस् ।
७. यहाँ मैले Save Location मा Desktop छानेकोले Recover भएको फइल Desktop मा देखिएको छ ।
मैले तल केहि अन्य Recovery Software को लिङ्कहरु राखेको छुँ । अवश्य पनि कुनै न कुनै समयमा तपाईलाई यो सफ्टवेयरहरुको पनि आवश्यकता पर्न सक्छ ।
नोट : यो सफ्टवयर जती उपयोगी छ त्यती खतरनाक पनि किनभने तपाईंले कुनै त्यस्तै फाइल जानी जानी अरुले नहिरोस वा नदेखोस् भनेर डिलिट गर्नु भएको छ भने पनि कसैले यही software को प्रयोग गरेर तपाईंले डिलिट गर्नु भएको फाइल प्राप्त गर्न सक्छ ।
0 यो पोष्टको वारेमा तपाईको सुझाव:
Post a Comment