मेरो बुझाइमा भ्यालेनटाइन डे अर्थात् प्रेम दिवस
आज फेब्रुवरी १४ तारिख भ्यालेनटाइन डे अर्थात् प्रेम दिवसको दिन फेसबुक, ट्वीटर, जिमेल, ब्लग या साइट सवैतिर शुभकामना फैलिएको देखियो। विषेश गरि
युवाहरुलाई लाग्छ, आज कुनै नगरी नहुने र नभई नहुने प्रक्रियामा भाग लिँदैछौं । छुटायौं भने ठूलै भुल हुनेछ । सामान्य औंसी, एकादशीको तीथि नबुझ्ने हामीमा भ्यालेण्टाइन डे
को महत्व राम्रैसँग उकास्ने परम्परा झन्झन् मौलदो छ । यतिबेला सामाजिक सञ्जालमा जहाँ जहाँ चाह्यो, उही भ्यालेनटाइन डे को शुभेच्छा, शुभकामनाका स्टाटसहरू, अपडेट भैरहेका छन् ।
प्रेम के हो ?
मेरो विचारमा प्रेम 'सत्य' हो। मानिसरूपी
जिवनको मीठो भोगाइ हो प्रेम। साहित्यमा भेटिने रस हो प्रेम। तर, पनि प्रेम विभिन्न
चरण र बाध्यमा परेका हुन्छन्। मानिसहरूले भने झै प्रेम नि:स्वार्थ छ भनौ भने प्रेममा
स्वार्थ पनि भेटेको छु। प्रेममा छलकपट हुँदैन भनौ भने छलकपट गर्नेको
लामै लाइन देखेको छु।
हिन्दु धर्मका
कथाहरूमा पनि भगवान श्री कृष्णले राधाको प्रेममा परेर १६ हजार १ सय ७ जनालाई बिहे गरे। तर, उनले चाहेको र माया गरेको राधालाई कहिलै
आफ्नो बनाउन सकेनन्। भगवान शिवकै कुरा गर्यौ
भनेपनि शतिदेवीले शिवको लागि आफ्नो देह त्याग गरिन्। शतिदेविको पिताले शिवको बारेमा गरेको आलोचना सहन नसकेर अग्नि कुण्डमा हाम फालेर देह त्याग
गरिन्। त्यसपछि भगवान शिव आफ्नी पत्नी शतिदेविको मृत शरीर बोकेर तीनवटै लोक बौलाएर हिँडेको कथा पनि सुनेकै हौ।
यो संसारमा धेरैले चोखो मायाको लागि
ज्यान दिएका छन र लिएका पनि छन्। यो कुनै धर्म ग्रन्थ र कथा कहानी होइन। कुनै वास्तविक अवस्था हो । त्यसैले त भनिन्छ 'प्रेममा हरेक हुरा जायज हुन्छ।'
आमाले छोरालई
गर्ने प्रेम, बुवा-छोरीको प्रेम, दाजुभाई, दिदीबहिनीको प्रेम, साथीसंगीको प्रेम र मानिस र जनावरको
प्रेम। जतिपनि प्रेमलाई हामिले नियाल्ने कोशिस गरेमा हरेक कुरामा माया तथा आत्मियता भेट्छौ। त्यसैले प्रेम एक महान 'सत्य' हो।
किन मनाउन थालियो
प्रेम दिवस ???
मैले बुझे अनुसार भ्यालेनटाइन भनिने एक व्यक्ति थिए र जस्लाई रोममा सन्त भनी पछि स्वीकार गरियो । उनी एक
पूजाहारी थिए र त्यस
बेलामा उनले निषेध गरिएका सेनाहरुको विवाह गरिदिए । त्यस बेलामा सेनामा काम गर्नेहरुले विवाह गर्न
पाउँदैनथे । रोमी साम्राज्यले ख्रीष्टियानहरुमाथि
गरेको सतावटलाई उनले विरोध गरी तिनीहरुलाई सेवा गरेका थिए । यही आरोपमा उनले गरेको यो कामको कारण उनलाई झ्यालखानमा हालियो
र अन्त्यमा उनलाई मृत्यु दण्ड दिइयो ।
उनले गरेको सेवाको बदलामा उनलाई अमानवीय
व्यवहार गरिएको थियो । उनको मृत्युभन्दा पहिले उनले न्यायाधीशकी छोरीको अन्धो आँखा खोलिदिएका थिए र
उनलाई मार्नुभन्दा पहिले उनले ती न्यायाधीशकी छोरीलाई तिम्रो भ्यालेनटाइन भनी चिट्ठी लेखेर सही गरेका
थिए । त्यसैले इस्वी सम्बत चौधौँ शताब्दीमा आएर भ्यालेनटाइन सन्तको नाउँमा प्रेम
दिवस मनाउने चलनको शुरूवात गरियो र १८ औँ
शतब्दीमा बेलायतमा यसलाई प्रेमीलाई फूल उपहार दिने चलन चल्यो र आज त्यही चलनमा अडिएर प्रेम दिवसको
नाउँबाट प्रचलित हुन
पुग्यो ।
Subscribe to:
Post Comments (Atom)
0 यो पोष्टको वारेमा तपाईको सुझाव:
Post a Comment