My Blogger TricksAll Blogger TricksTechtunes

मेरो केहि दिन सामाजिक सञ्जालबाट टाढा रहदाको अनुभव र गरेका कार्यहरु

Filled under:

गएको एक हप्ता फेसबुक/ट्विटर जस्ता सामाजिक सञ्जाल बाट टाढा रहेँ । यति छोटो समयमा पनि  सामाजिक सञ्जालबाट टाढा रहदा एक्लो महसुस हुन थालिसकेछ । यो अबधिमा मेरा धेरै साथिहरुले मैले फेसबुक नचलाउनुको कारण बारे Inbox मा केहि चासो देखाउनु भएको रहेछ, त्यसैले मैले तपाइहरुलाई लागेको चासोलाई मध्यनजर गर्दै यो पोष्ट लेख्ने प्रयास गरेको छुँ । 
प्रत्येक  १५/ २० मिनेटमा हामि आफ्नो फेसबुक हेर्ने गर्छौ कि कसले के फोटो अपलोड गर्यो कसले के स्टाटस लेख्यो अनि साथिहरुसँग Chat मा जिस्कयो यतिमै  सीमीत भइरहेको छ हाम्रो दैनिकी, २४ घन्टाको दिनमा हामि प्रायले कम्तिमा पनि ४/५ घन्टा को समय फेसबुकमा यतिकै खेर फलिरहेका हुन्छौँ , तर हामिलाई के थाहा त्यति समय हामिले अन्य काममा प्रयोग गर्दा हामिले कम्तिमा पनि केहि राम्रो काम गर्न सक्छौ !
यहि सोचका साथ मैले पनि फेसबुकमा अनावश्यक गफ गर्ने समयलाई सदुपयोग गर्दै आफुलाइ आवश्यक सफ्टवेयर बनाउने उद्यस्यले केहिदिन सामाजिक सञ्जाल नचलाउने निर्णय गरेको हुँ। जुन समय अबधिमा मैले जे काम गरे त्यो मेरो लागि राम्रो नै लागेको छ । 
यो समय अवधिमा मैले आफ्नो अफिसलाई चाहिने एउटा सामान्य Google sheet मा आधारित  Android App  बनाएँको छुँ । जुन Application ले मेरो लागि भने धेरै नै सहयोग गर्ने अपेच्छा लिएको छुँ    यो Application को मद्धत बाट हामि विद्यार्थीहरुको परीक्षामा आएको प्राप्ताङ्कलाई हाम्रो एण्ड्रोइड मोबाइलफोनको माध्यमबाट नम्बर इन्ट्रि गर्न सक्छौँ । जुन नम्बर Google sheet Excel मा Entry हुन्छ र Excel मा आधारित विभिन्न सुत्र तथा फङ्सनको प्रयोगबाट विद्यार्थीको नम्बरलाइ मार्कसिट मा बदल्ने छ । यस Applicationको सहयोगले एउटा कम्युटरमा बसेर विद्यार्थीको नम्बर चढाउन पालो पर्खिरहनुपर्ने  समयको सदुपयोग भएको छ ।  त्यस्तै  यो APP बाट विद्यालयमा निरन्तर विद्यार्थी मूल्याङ्कन पनि मोबाइल फोनको सहायताले पोष्ट गर्न सकिन्छ र अभिभावकहरुले पनि विद्यार्थीको गतिविधिकोबारेमा मोबाइल APP बाटनै प्रधानाध्यापकसँग केहि कुराहरुको बारेमा गुनासो तथा जानकारी दिन सक्नेछन् ।  जसले गर्दा निरन्तर विद्यार्थी मूल्याङ्कन लाइ पनि सहयोग पुग्ने अपेच्छा राखेको छुँ ।

0 यो पोष्टको वारेमा तपाईको सुझाव:

Post a Comment