Slider 1 mini Slider 2 mini
My Blogger TricksAll Blogger TricksTechtunes

ब्लगमा कुनै लिङ्कलाई नयाँ ट्यावमा खुल्ने बनाउनुहाेस् ।

Filled under:

हामीहरू कहिलेकाहीँ आफ्नो पोस्टमा आफ्नै अरू कुनै पोस्ट वा कुनै साइटको लिन्क राख्ने गर्छौँ । सामान्यतया ब्लग लिन्कमा क्लिक गर्दा तत्काल खुलेको पेजको सट्टा सोही ट्याब वा विण्डोमा अर्को पेज खुल्छ । यसले गर्दा पाठक सो पेजबाट अर्को पेजमा पुग्छन् । तर यदि तपाईँ आफ्नो ब्लगमा रहेका लिन्कहरुमा क्लिक गर्दा तपाईँको ब्लग खुलै रही क्लिक गरिएको लिन्क आफैँ नयाँ ट्यावमा वा अर्को पेजमा  खुल्ने बनाउन चाहनुहुन्छ भने यसको लागि निम्न तरिका अपनाउनुहोस् ।


१) आफ्नो ब्लगरको Dashboard मा जानुहोस अनी Design हुँदैं Edit HTML मा गएर यो कोड खोज्नुस:






अब SAVE TEMPLATE मा किलिक गरेर यसलाई Save गर्नुस ।


अब तपाईको ब्लग  पेजमा भएका सबै लिन्कहरूमा थिच्दा ति लिन्कहरू आफै नयाँ पेजमा खुल्नेछन्

पोष्ट गर्ने व्यक्ति MohanJuly 09, 2020

मोबाईल वा कम्प्युटर बाट जुम मिटिङमा कसरी जोडिने ?????

मोबाईल प्रयोग कर्ताको लागी

कृपया तपाई मोबाइलबाट जुम मिटिङमा जोडिन चाहनुहुन्छ भने निम्न तरिका अपनाउनुहोस् ।

१. मोबाइलमा रहेको प्लेस्टोर Play store Application Open गर्नुहोस् 


२. चित्रमा देखाय जस्तै अव Zoom Cloud Meeting लेखेर सर्च गर्नुहोस्  


 

३. अब Install मा थिच्नुहोस् ।


. केहि समय पर्खनुहोस् र पूर्णरुपमा Install भएपछि Open मा थिच्नुहोस् ।

 

 अथवा,

तपाईले Zoom एप्लिकेशन मोबाइलको Screen मा देख्नुहुनेछ। त्यसलाइ open गर्नुहोस् ।

 

५. अब Join a Meeting मा थिच्नुहोस् ।


६.अब Meeting ID देख्नुहुनेछ। मेरो Meeting ID 2514505380 रहेकोले यहि ID लेख्नुहोस् र Join Meeting मा थिच्नुहोस् । 


७. Meeting Password लेखेको ठाउमा गई त्यहाँ मेरो Meeting Password 12345 लेख्नुहोस् र OK मा थिच्नुहोस् ।

 

८. अब केहि समय पर्खनुहोस् र म सँग मिटिङमा जोडिनुहोस् ।

  


कम्प्युटर प्रयोग कर्ताको लागी

कृपया तपाई Computer बाट जुम मिटिङमा जोडिएन चाहनुहुन्छ भने निम्न तरिका अपनाउनुहोस् ।

१. सर्वप्रथम यहाँ थिच्नुहोस् अथवा चित्रमा देखाए जस्तै कुनै एउटा वेब व्राउजरलाई Open गर्नुहोस् ।



२. देखिएको Url Link मा zoom.us/Support/download लेखि किवोर्डमा रहेको Enter Key थिच्नुहोस् अव Zoom फाइल कम्प्युटरमा डाउनलोड भएको देख्नुहुनेछ । 


३. अव Desktop मा My Computer वा This PC लेखेको देख्नुहुनेछ त्यहा Double Click गरि Download लेखेको फोल्डर भित्र जानुहोस्


 ४. ZoomInstaller.exe लेखेको फाइललाई खोज्नुहोस् र Double Click गरि Install गर्नुहोस् ।


५. अब Desktop मा तपाईले चित्रमा जस्तै Zoom फाइलको Short Cut देख्नुहुनेछ । यसलाई Open गर्नुहोस् ।               

 

६. त्यसपछि Join a Meeting मा थिच्नुहोस् । 

  

७.अब Meeting ID देख्नुहुनेछ। मेरो Meeting ID 2514505380 रहेकोले यहि ID लेख्नुहोस् र Join Meeting मा थिच्नुहोस् ।


८. Meeting Password लेखेको ठाउमा गई त्यहाँ मेरो Meeting Password 12345  लेख्नुहोस् र Join a Meeting मा थिच्नुहोस् ।


९. अब  केहि समय पर्खनुहोस् र म सँग मिटिङमा जोडिनुहोस् ।

  



पोष्ट गर्ने व्यक्ति MohanJune 05, 2020

मेरो केहि दिन सामाजिक सञ्जालबाट टाढा रहदाको अनुभव र गरेका कार्यहरु

Filled under:

गएको एक हप्ता फेसबुक/ट्विटर जस्ता सामाजिक सञ्जाल बाट टाढा रहेँ । यति छोटो समयमा पनि  सामाजिक सञ्जालबाट टाढा रहदा एक्लो महसुस हुन थालिसकेछ । यो अबधिमा मेरा धेरै साथिहरुले मैले फेसबुक नचलाउनुको कारण बारे Inbox मा केहि चासो देखाउनु भएको रहेछ, त्यसैले मैले तपाइहरुलाई लागेको चासोलाई मध्यनजर गर्दै यो पोष्ट लेख्ने प्रयास गरेको छुँ । 
प्रत्येक  १५/ २० मिनेटमा हामि आफ्नो फेसबुक हेर्ने गर्छौ कि कसले के फोटो अपलोड गर्यो कसले के स्टाटस लेख्यो अनि साथिहरुसँग Chat मा जिस्कयो यतिमै  सीमीत भइरहेको छ हाम्रो दैनिकी, २४ घन्टाको दिनमा हामि प्रायले कम्तिमा पनि ४/५ घन्टा को समय फेसबुकमा यतिकै खेर फलिरहेका हुन्छौँ , तर हामिलाई के थाहा त्यति समय हामिले अन्य काममा प्रयोग गर्दा हामिले कम्तिमा पनि केहि राम्रो काम गर्न सक्छौ !
यहि सोचका साथ मैले पनि फेसबुकमा अनावश्यक गफ गर्ने समयलाई सदुपयोग गर्दै आफुलाइ आवश्यक सफ्टवेयर बनाउने उद्यस्यले केहिदिन सामाजिक सञ्जाल नचलाउने निर्णय गरेको हुँ। जुन समय अबधिमा मैले जे काम गरे त्यो मेरो लागि राम्रो नै लागेको छ । 
यो समय अवधिमा मैले आफ्नो अफिसलाई चाहिने एउटा सामान्य Google sheet मा आधारित  Android App  बनाएँको छुँ । जुन Application ले मेरो लागि भने धेरै नै सहयोग गर्ने अपेच्छा लिएको छुँ    यो Application को मद्धत बाट हामि विद्यार्थीहरुको परीक्षामा आएको प्राप्ताङ्कलाई हाम्रो एण्ड्रोइड मोबाइलफोनको माध्यमबाट नम्बर इन्ट्रि गर्न सक्छौँ । जुन नम्बर Google sheet Excel मा Entry हुन्छ र Excel मा आधारित विभिन्न सुत्र तथा फङ्सनको प्रयोगबाट विद्यार्थीको नम्बरलाइ मार्कसिट मा बदल्ने छ । यस Applicationको सहयोगले एउटा कम्युटरमा बसेर विद्यार्थीको नम्बर चढाउन पालो पर्खिरहनुपर्ने  समयको सदुपयोग भएको छ ।  त्यस्तै  यो APP बाट विद्यालयमा निरन्तर विद्यार्थी मूल्याङ्कन पनि मोबाइल फोनको सहायताले पोष्ट गर्न सकिन्छ र अभिभावकहरुले पनि विद्यार्थीको गतिविधिकोबारेमा मोबाइल APP बाटनै प्रधानाध्यापकसँग केहि कुराहरुको बारेमा गुनासो तथा जानकारी दिन सक्नेछन् ।  जसले गर्दा निरन्तर विद्यार्थी मूल्याङ्कन लाइ पनि सहयोग पुग्ने अपेच्छा राखेको छुँ ।

पोष्ट गर्ने व्यक्ति MohanMarch 22, 2019

मेरो बुझाइमा भ्यालेनटाइन डे अर्थात् प्रेम दिवस

Filled under:

आज फेब्रुवरी १४ तारिख भ्यालेनटाइन डे अर्थात् प्रेम दिवसको दिन  फेसबुक, ट्वीटर, जिमेल, ब्लग या साइट सवैतिर शुभकामना फैलिएको देखियोविषेश गरि युवाहरुलाई लाग्छ,  आज कुनै नगरी नहुने र नभई नहुने प्रक्रियामा भाग लिँदैछौं । छुटायौं भने ठूलै भुल हुनेछ । सामान्य औंसी, एकादशीको तीथि नबुझ्ने हामीमा  भ्यालेण्टाइन डे को महत्व राम्रैसँग उकास्ने  परम्परा झन्झन् मौलदो छ । यतिबेला सामाजिक सञ्जालमा जहाँ जहाँ चयो, उही  भ्यालेनटाइन डे को शुभेच्छा, शुभकामनाका स्टाटसहरू, अपडेट भैरहेका छन् ।
 प्रेम के हो ?
मेरो विचारमा प्रेम 'सत्य' हो। मानिसरूपी जिवनको मीठो भोगाइ हो प्रेम। साहित्यमा भेटिने रस हो प्रेम। तर, पनि प्रेम विभिन्न चरण र बाध्यमा परेका हुन्छन्। मानिसहरूले भने झै प्रेम नि:स्वार्थ छ भनौ भने प्रेममा स्वार्थ पनि भेटेको छु। प्रेममा छलकपट हुँदैन भनौ भने छलकपट गर्नेको लामै लाइन देखेको छु। 

हिन्दु धर्मका कथाहरूमा पनि भगवान श्री कृष्णले राधाको प्रेममा परेर १६ हजार १ सय ७ जनालाई बिहे गरे। तर, उनले चाहेको र माया गरेको राधालाई कहिलै आफ्नो बनाउन सकेनन्। भगवान शिवकै कुरा गर्‍यौ भनेपनि शतिदेवीले शिवको लागि आफ्नो देह त्याग गरिन्। शतिदेविको पिताले शिवको बारेमा गरेको आलोचना सहन नसकेर अग्नि कुण्डमा हाम फालेर देह त्याग गरिन्। त्यसपछि भगवान शिव आफ्नी पत्नी शतिदेविको मृत शरीर बोकेर तीनवटै लोक बौलाएर हिँडेको कथा पनि सुनेकै हौ।

 यो संसारमा धेरैले चोखो मायाको लागि ज्यान दिएका छन र लिएका पनि छन्। यो कुनै धर्म ग्रन्थ र कथा कहानी होइन। कुनै वास्तविक अवस्था हो । त्यसैले त भनिन्छ 'प्रेममा हरेक हुरा जायज हुन्छ।'

आमाले छोरालई गर्ने प्रेम, बुवा-छोरीको प्रेम, दाजुभाई, दिदीबहिनीको प्रेम, साथीसंगीको प्रेम र मानिस र जनावरको प्रेम। जतिपनि प्रेमलाई हामिले नियाल्ने कोशिस गरेमा हरेक कुरामा माया तथा आत्मियता भेट्छौ। त्यसैले प्रेम एक महान 'सत्य' हो।


किन मनाउन थालियो प्रेम दिवस ???

मैले बुझे अनुसार भ्यालेनटाइन भनिने एक व्यक्ति थिए र जस्लाई रोममा सन्त भनी पछि स्वीकार गरियो । उनी एक पूजाहारी थिए र त्यस बेलामा उनले निषेध गरिएका सेनाहरुको विवाह गरिदिए । त्यस बेलामा सेनामा काम गर्नेहरुले विवाह गर्न पाउँदैनथे । रोमी साम्राज्यले ख्रीष्टियानहरुमाथि गरेको सतावटलाई उनले विरोध गरी तिनीहरुलाई सेवा गरेका थिए । यही आरोपमा उनले गरेको यो कामको कारण उनलाई झ्यालखानमा हालियो र अन्त्यमा उनलाई मृत्यु दण्ड दिइयो । उनले गरेको सेवाको बदलामा उनलाई  अमानवीय व्यवहार गरिएको थियो । उनको मृत्युभन्दा पहिले उनले न्यायाधीशकी छोरीको अन्धो आँखा खोलिदिएका थिए र उनलाई मार्नुभन्दा पहिले उनले ती न्यायाधीशकी छोरीलाई तिम्रो भ्यालेनटाइन भनी चिट्ठी लेखेर सही गरेका थिए । त्यसैले इस्वी सम्बत चौधौँ शताब्दीमा आएर भ्यालेनटाइन सन्तको नाउँमा प्रेम दिवस मनाउने चलनको शुरूवात गरियो र १८‍‍‌ ‌औँ शतब्दीमा बेलायतमा यसलाई प्रेमीलाई फूल उपहार दिने चलन चल्यो र आज त्यही चलनमा अडिएर प्रेम दिवसको नाउँबाट प्रचलित हुन पुग्यो ।

पोष्ट गर्ने व्यक्ति MohanFebruary 14, 2019

के तपाइँले वेबसाइट बनाउने सोंच बनाउनु भएको छ ? यी कुराहरुमा ध्यान दिनुहोस् ।

Filled under:


केहि दिनको अफिस छुट्टिमा एउटा अनलाइन पत्रीका तथा विद्यालयको वेबसाईट बनाउने काममा व्यस्त भइयो त्यस समयमा मैले उहाँहरुलाई पर्न गएको समस्याको बारेमा केहि बुझ्ने मौका पनि पाएँ । उहाँहरुले आफ्नो अफिसको वेबसाईट बनाउने क्रममा राम्रो ज्ञान नभएर धेरै समस्याहरु झेल्नुभएको रहेछ । तपाईहरुले पनि उहाँहरुले जस्तै दु:ख भोग्न नपरोस् भन्ने चाहनाले यो पोष्ट लेख्ने जमर्को गरेको छुँ ।  यो लेखमा  तपाईहरुले बेवसाईट के हो? वेवसाईट बनाउदा यसको मूल्य किन फरक हुन्छ ? पैसा तिर्नुपर्ने वेवसाईट र तिर्नु नपर्ने वेबसाइट मा के फरक छ? वेब डिजाइन के हो? डोमेन नेम के हो? वेब होस्टिङ के हो? जस्ता सम्पुर्ण विषयको बारेमा जानकारी पाउनुहुनेछ ।

बेवसाईट  के हो ?
तपाईंलाई पक्कै पनि थाहा छ आज सुचना र प्रविधिको यो युगमा अधिकांश मानिसहरु इन्टरनेटको प्रयोग गर्छन्। कुनै पनि वस्तु या सेवा र त्यसको विश्वासनीयताको बारेमा सर्वप्रथम इन्टरनेट मार्फत जानकारी लिन्छन् । यदि तपाईंको संस्था व्यवसायको आफ्नै अनलाइन उपस्थिति, आफ्नै डोमेन र वेब साइट छैन भने तपाइंले ठुलो हिस्सामा इन्टरनेट प्रयोग गर्ने जनसंख्या सम्म आफ्नो पहुँच गुमाइरहनु भएको हुनसक्छ । 
वेबसाइट तपाईंको डिजिटल भिजिटिंग कार्ड या प्रचार सामाग्री हो जसले संसारको जुनसुकै कुनाबाट हरेक पल तपाइको जानकारी उपलब्ध गराइरहेको हुन्छ जुन तपाइको कार्यालयमा रहेका कर्मचारीहरुले २४ सै घण्टा खटेर कामगरे भन्दा धेरै हो । कुनैपनि संस्था व्यवसायको सफलताको आधार विज्ञापन, नाफा या प्रचारभन्दा पनि धेरै विश्वसनीयता हो । यसर्थ तपाईले आफ्ना ग्राहक, शुभचिन्तक, दाता या पब्लिकलाई कार्यालयको ठेगानामा भिजिट गर्ने भन्दा पहिले इन्टरनेटको ठेगानामा भिजिट गर्ने बनाउनुस । फेसबुक या सामाजिक संजालमा खोजिने हैन, इन्टरनेटको ब्राउजरमा आफ्नै डोमेनमा भेटिने बनाउनुस् ।

किन कुनै कम्पनि वा व्यक्ति अनुसार Website बनाउदा रकम फरक पर्छ ?
सर्वप्रथम त वेबसाईट डिजाइन गर्नुपर्ने हुन्छ  यसमा  वेब डिजाइनरले धेरै मेहनतका साथ सिकेका हुन्छन् उनिहरुले आफ्नो परिश्रमलाइ हेरेर रकम लिने गर्छन् । त्यसपछि हामिले डोमेन दर्ता गराउनुपर्ने हुन्छ, डोमेन दर्ता गराउन शुल्क तिर्नु पर्ने हुन्छ तर कति कम्पनीले निशुल्क पनि उपलब्ध गराउने गर्छन। जस्तै मैले mohanpyakurel.com, mohanpyakurel.org राखेभने पैसा तिर्नु पर्ने हुन्छ तर mohanpyakurel.com.np राखे भने पैसा तिर्नु पर्दैन किनभने यो नेपाल सरकारले सित्तैमा प्रदान गरेको सेवा हो । त्यसपछि हामिले त्यस डोमेनलाइ चलाउन होस्ट गर्नुपर्ने हुन्छ । होस्टिङ बेच्ने धेरै कम्पनिहरु छन् तपाईले आफ्नो आवश्यकता अनुसार छानि छानि होस्टिङ किन्न सक्नुहुनेछ । यसको रकम भने होस्टिङ प्रदान गर्ने कम्पनि अनुसार फरक-फरक रहन्छ ।  यसरी यति स्पेस भनेर किनिने होस्टिङ लिमिटेड होस्टिङ स्पेस हो वा भनै जति वर्षको लागि भनेर सम्झौता गरेको हो त्यति वर्षको लागिमात्र प्रयोग गर्न सक्छै ।  तर सित्तैमा अनलिमिटेड होस्टिङ दिने कम्पनिहरु पनि छन् ।

वर्ष-वर्षमा पैसा तिर्नुपर्ने वेबसाइट र कहिलै पैसा तिर्नु नपर्ने वेबसाइटमा के फरक छ ?
वेबसाईट बनाउन सबैभन्दा पहिले हामिले डोमेन दर्ता गराउनुपर्ने हुन्छ, डोमेन दर्ता गराउन शुल्क तिर्नु पर्ने हुन्छ तर कति कम्पनीले निशुल्क पनि उपलब्ध गराउने गर्छन। जस्तै मैले mohanpyakurel.com, mohanpyakurel.org राखेभने निश्चित समय पछि पैसा तिर्नु पर्ने हुन्छ तर mohanpyakurel.com.np राखे भने पैसा तिर्नु पर्दैन किनभने यो नेपाल सरकारले सित्तैमा प्रदान गरेको सेवा हो। त्यसपछि हामिले त्यस डोमेनलाइ चलाउन होस्ट गर्नुपर्ने हुन्छ । सित्तैमा पाइने होस्टिङमा चाहे जस्तो डिजाइन गर्न सकिदैन उनिहरुले तोकेको निश्चित परिधिमा बाधिनुपर्ने हुन्छ । यति एमबि/ जिबि कन्टेट राख्न पाउने, ब्यान्डविथ यति जस्ता कुराले तपाइलाइ खुलेर त्यसको प्रयोग गर्न दिदैन । ब्याकअप राख्न पाइदैन तथा  स्पाम हुन सक्ने डर हुन्छ ।  तर निश्चित समयको लागि पैसा तिरेर प्रयोग गरिने होस्टिङ मा होस्टिङ कम्पनि तथा हामिले लिएको होस्टिङ स्पेस अनुसारका विभिन्न विशेषताहरु पाइन्छ ।

वेबसाईट डिजाइन के हो ?
राम्रो वेबसाइट देख्दा तपाईंलाई लाग्दो हो, क्या दामी रै' छ। आकर्षक डिजाइन, चिटिक्क पारेर सजाइएका कन्टेन्ट, सुहाउँदो रंग देख्दा यस्तो लाग्नु स्वाभाविक हो। कतिलाई लाग्दो हो, मेरो पनि यस्तै वेबसाइट भैदिए हुन्थ्यो । हो यसरी हामिले वेबसाईटमा देखाउनु पर्ने विभिन्न सामाग्रिहरु लाइ आकर्षक रुपमा व्यवस्थापन गर्ने कार्यलाई वेब डिजाइन भनिन्छ । वेब डिजाइन गर्ने धेरै टुल र एप्लिकेशनहरु हुन्छन् यो मध्य मैले चाँहि Frontend मा  HTML/XHTML, CSS, Photoshop, MySQL, Javascript, Bootstrap र Backend मा Python  को प्रयोग गरि डिजाइन गर्ने गरेको छुँ ।

डोमेन नेम के हो ?
सामान्य रुपमा बुझ्ने हो भने डोमेन भनेको कुनै पनि वेबसाइट/ब्लग को नाम वा ठेगाना हो, जसले वेवसाईट/ब्लग लाई सजिलै खोज्न सहयोग गर्छ । जस्तै:- www.mohanpyakurel.com.np, www.onlinekhabar.com, www.mssdhading.edu.np , www.soce.gov.np,  www.hamrokhabar.com  आदि । डोमेनले तपाईकाे Host Server (जसमा तपाईकाे वेबसाइट/ब्लग Store हुन्छ ) काे IP Address लार्इ Point गर्छ र तपार्इले कुनै Browser बाट डाेमेन राख्नु भयाे उक्त डाेमेन IP Address मा परिर्वतन हुन्छ र तपार्इकाे Host Server बाट तपार्इकाे वेबसाइट/ब्लग खुल्ने गर्छ ।
 एउटै नामका धेरै डोमेनहरु पनि हुन सक्छन्। जस्तै:- www.mohanpyakurel.com, www.mohanpyakurel.com.np, www.mohanpyakurel.info, www.mohanpyakurel.net आदि। यस्ता सयौँ डोमेनहरु एउटै नाम mohanpyakurel बाट बन्न सक्छन्, किनभने एउटै नाममा बेग्लै टिएलडी (नामको पछाडिको डट वा थोप्लो पछाडि आउँने शब्दहरु जस्तै कम, नेट, ओआरजी आदिलाई टप लेभल डोमेन वा टिएलडि भनिन्छ ) थपिएर अर्कै डोमेन बन्छ । त्यसैले mohanpyakurel  मात्र डोमेन होइन। अझ प्रस्ट रुपमा भन्नु पर्दा http:// www.mohanpyakurel.com.np  मा http://-  Prefix , www- Sub Domain ,  mohanpyakurel-  Name Or Url , .com- Top Level Domain Extension, .np-  Country code Top Level Domain Extension  हो ।
डाेमेनका प्रकार :-
TLD - Top Level Domain
  • .Com (commercial)
  • .Net (Network)
  • .org (organization)
  • .gov (government)
  • .edu (educational) अादि Top Level Domain हुन् ।
CcTLD - Country code Top Level Domain
  • .Com.np (commercial)
  • .Net.np (Network)
  • .org.np (organization)
  • .gov.np (government)
  • .edu.np – (educational) etc. अादि Country code Top Level Domain हुन् । फरक फरक देशमा CcTLD फरक फरक हुन्छ । जस्तै :- .np(Nepal), .in(India), .Au(Australia), .Us(United state america) अादि ।
      (नेपालमा CcTLD डाेमेन मर्कन्टार्इल कम्न्युकेशन प्रा.लि.ले निशुल्क उपलब्ध गराउँछ । )

Sub Domain Name

        Sub Domain
तपार्इकै Top Level Domain काे Part हाे । Top Level Domain लार्इ Divide गरेर Sub Domain बनाउन सकिन्छ । जस्तै :- mohanpyakurel.com.np मेराे Top Level Domain हाे, मैले यसलार्इ Divide गरेर blog.mohanpyakurel.com.np, travel.mohanpyakurel.com.np अादि Sub Domain बनाउन सक्छु । यसकाे लागि शुल्क तिर्न अावश्यक छैन ।

वेब होस्टिङ के हो ?
हाम्रो कम्प्युटरमा बिभिन्न फाइल, गित, भिडियो जस्ता कुराहरु हार्डडिक्समा राखेजस्तै  ईन्टरनेटमा पनि विभिन्न सामाग्रिहरु राख्नको लागि होस्टिङ गर्नुपर्ने हुन्छ । सामान्य अर्थमा भन्ने हो भने होस्टिङ भनेको इन्टरनेटको ढुकुटी हो । अनलाईन लेख्दा, फोटो पोष्ट गर्दा भिडियो राख्दा ती सब कहा बस्छन् ? भन्ने खुल्दुली तपाईहरुलाइ लाग्न सक्छ । यी सब कुराहरु राख्नका लागि इन्टरनेटमा किनिने ठाउ वा स्पेस नै वेब होस्टिङ सेवा हो । यसलाइ हामि सजिलो भाषामा होस्ट गर्ने वा होस्टिङ भन्दछौ । होस्टिङ बेच्ने धेरै कम्पनिहरु छन् तपाईले आफ्नो आवश्यकताअनुसार छानि छानि होस्टिङ किन्न सक्नुहुनेछ । होस्टिङ एमबि, जिबि, टिबि आदिमा नापिन्छ ।  यसको रकम भने होस्टिङ प्रदान गर्ने कम्पनि अनुसार फरक-फरक रहन्छ ।  यसरी यति स्पेस भनेर किनिने होस्टिङ लिमिटेड होस्टिङ स्पेस हो वा भनै कति समयको लागि भनेर सम्झैता गरेको हो त्यति समय लागिमात्र प्रयोग गर्न सक्छौ ।  तर सित्तैमा अनलिमिटेड होस्टिङ दिने कम्पनिहरु पनि छन् । वर्डप्रेस र ब्लगस्पटले सामान्य वेबसाइट/ब्लग चलाउनका लागि सित्तैमा होस्टिङ प्रदान गर्ने गर्छ तर तपाइले यीनीहरुबाट वेबसाइट/ब्लग चलाउँदा चाहेजस्तो डिजाइन गर्न अलि गार्हो हुनुकासाथै उनिहरुले तोकेको निश्चित परिधिमा भने बाधिनुपर्ने हुन्छ । यति एमबि/जिबि कन्टेट राख्न पाउने, ब्यान्डविथ यति जस्ता कुराले तपाइलाइ खुलेर त्यसको प्रयोग गर्न भने दिदैन

पोष्ट गर्ने व्यक्ति MohanSeptember 13, 2018